७ बैशाख २०८१, शुक्रबार
खुलि छाड्यो जनार्दनको पोल : ल्याबले ब्युँतायो अर्थमन्त्रालयको फुटेज

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १४:०९

काठमाडौं : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको दिनको फुटेज रिकभर भएसँगै तत्कालिन अर्थमन्त्री जर्नादन शर्मा थप अप्ठ्यारोमा पर्ने भएका छन् ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको गत जेठ १४ गतेको फुटेज रिकभर गरी संसदीय छानबिन समितिमा पठाएसँगै शर्मा थप अप्ठ्यारोमा पर्ने भएका हुन् ।

प्रयोगशालाबाट प्राप्त भिडिओ फुटेजहरू मंगलबार बिहान बसेको छानबिन समितिको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । ब्युताइएकोे फुटेज रातीको भएकाले मन्त्रालयभित्र रहेका मान्छेहरूको भने ठ्याँकै पहिचान गरिसकिएको छैन ।
समितिले मानिसहरुको पहिचनका लागि पनि विज्ञहरुसँग परामर्श गरिरहेको छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
मन्त्रालयले त्यस दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ दिएपछि संसदीय समितिले रिकभरका लागि नेपाल प्रहरीसँग सहयोग लिएको थियो ।
बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो ।

Nabintech