१५ चैत्र २०८०, बिहीबार
डिएसपी मल्लको अर्को सफलता गडरिया दम्पतीको हत्याको योजनाकार पक्राउ

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १८:२३

बाँकेको कोहलपुर १४ पार्वतीपुरमा आज विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो ।
हत्या भएको करिब ८ देखि १० घण्टाको समयमा हत्यामा संलग्न ब्यक्तिहरुको पहिचन गर्न सफ भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरले आज अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०÷५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

कृष्ण र अञ्जलीको शब भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।

विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेका छन् ।

पत्रकार सम्मेलनमा बाँकेका डिएसपी मधुसूदन न्यौपाने लगायतको सहभागीता रहेको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरको यो ठ्लो सफलता हो । यो भन्दा पहिला पनि कुटपिट गरि सडकमा फालिएका युवाको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा संलग्न व्यक्तिहरुलाई ऐनबहादुर मल्लको टोलीले केहि घण्टामा नै पक्राउ गर्न सफल भएको थियो ।

Nabintech