१३ बैशाख २०८१, बिहीबार
गडरिया दम्पतिका हत्यारा १७ घण्टा भित्रै पक्राउ

योजनाकारदेखि सुपारी किलरसम्म


  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७९, बुधबार ०७:१९

इलाका व्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका वडा नं.१४ पार्वतीपुरमा दम्पती हत्या अभियोगमा घट्ना भएको ६ घण्टा भित्र नै बिजय गडरिया लाई पक्राउ गरेको थियो । उनी मृतक कृष्ण कुमार गडरियाको आफ्नै सहोदर दाई हुन ।

कोहलपुर स्थित पार्वतीपुर बस्ने बर्ष २५ को कृष्ण कुमार गडरिया र श्रीमती बर्ष २३ की अञ्जली गडरिया आफ्नै घरको ग्यालरी तथा पालीमा मृत अवस्थामा फेला परेका थिए ।

सोही क्रममा सोधपुछ गर्दा बिजय कुमार गडरिया समेतले योजना बनाई सुपारी रकम दिई मार्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन मार्फत कृष्ण गडोरीयाका दाई भाउजुलाई सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार, ‘केही महिना अगाडी मृतक कृष्ण कुमार गडरिया र निजको बुवा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर जेठो छोरा बिजय कुमार गडरिया लाई घरायसी बिषयलाई लिएर कुटपिट गर्न लगाएको’ कारण सोही विषयलाई लिएर बिजय कुमार गडरियाले ईगो लिई विगत १८ दिन अगाडी केही व्यक्तिहरुलाई बुहारी अञ्जली गडरियालाई मार्न भनी सुपारी रकम दिइएको डिएसपि ऐन बहादुर मल्लले पत्रकार सम्मेलनमा बताएका थिए ।

सोमबार राती बोलाई अञ्जली गडरियालाई मार्ने क्रममा श्रीमान कृष्ण कुमार गडरियाको समेत हत्या गरिएको खुल्न आएको प्रहरीले जनाएको थियो ।

उक्त घटनामा बिजय गडरियाले आफ्नो बुहारी मार्न लाई भारती ब्यक्ति लाइ पैसा दिएको प्रहरीको प्ररम्भिक अनुसन्धान बाट खुल्न आएको थियो । बिजय गडरियाले उक्त मार्ने सुपारि लिने ब्यक्ती को हो ? भन्ने कुरा समेत खोलेका थिएनन ।
प्रहरीको अथक मेहेनत र अनुसन्धान पछि सुपारी लिने २ जना ब्यक्ती लाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा साकिर अलि र राजन सोनकर रहेका छन । दुबैजनाले सुपारी बापत पैसा लिएर मारेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । योजनाकार बिजय गडरियाले भारती नगररिक भनेता पनि उनिहरु नेपाली रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार दुइ लाख पचास हजार रुपैया (२५००००) मा अञ्जली गडरिया लाई मार्ने सुपारी लिएको थियो । अञ्जली लाई मार्न लाग्दा श्रीमान कृष्ण कुमार गडरिया बिचमा आएपछि उनलाई समेत मारेको बताइएको छ ।

साउन १० गते बिहान करिब ६ बजे घटना बारे जानकारी पाएको ईप्रका कोहलपुरले राति करिब ११ बजे नै सबै अपराधी पक्राउ गर्न सफल भएको छ ।

करिब १७ घण्टामा सबै अपराधी पक्राउ गर्नु सामान्य बिषय भने होइन । यस्ता अनुसन्धानले प्रहरी संगठनमा काम गर्ने क्षतावन व्यक्तिहरु रहेको र जनतालाई सुरक्षाको अनुभुति समेत दिलाउने गर्दछ । एक पछि अर्को अनुसन्धानमा डिएसपि मल्ल सफल भएको पाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । हत्यामा संलग्न रहेका ब्यक्तिहरुलाई आज बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम रहेको समेत प्रहरीले जनाएको छ ।

Nabintech