८ बैशाख २०८१, शनिबार
विकट जिल्लाका विद्यार्थीहरूलाई पोशाक सहयोग

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७९, बुधबार २१:०८

कोहलपुर  / मुगुको कार्माराङ गाउँपालिका वडा नं. ३ ताखा स्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक सहयोग गरिएको छ ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरूका लागि कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालय तथा गाउँपालिकाका प्रतिनिधि बिच पोशाक हस्तारण गरिएको छ । करिब छ लाख रूपैयाँ बराबरको पोशाक सहयोग गरिएको पीपल नामक संस्थाका प्रतिनिध जगदिश पराजुलीले बताए । भौगोलिक विकटताले गर्दा कार्माराङ गाउँपालिका मात्रै नभइ त्यस आसपासका स्थानीयतहका बालबालिकाहरूलाई पठनपाठनमा सजिलो होस् भनेर आफूहरूले व्यक्तिगत सहयोग स्वरूप पोशाक सहयोग गरेको उनले बताए । नेपाल सरकारले मासिक ४ हजारभन्दा बढिका दरले विद्यार्थीहरुलाई छात्रवृत्ती सहयोग गरेपनि त्यो प्रयाप्त नभएका कारण र विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै बेलायतमा बसोबास गर्दै आएका संघर्ष राईले यो सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्ने बताए । उनले भने,–कार्माराङ गाउँपालिकाको शैक्षिक अवस्थालाई अझै राम्रो बनाउन सकिने र पोशाककै कारण बालबालिकाहरू बिद्यालय आउनबाट बन्चित नहोउन् भनेर यो सहयोग गरिएको हो ।’

कार्यक्रममा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाईले पीपल संस्थामार्फत् आफ्नो स्थानीय तहको विद्यालयमा आएको पोशाक सहयोगका लागि आफूहरू सदैव कृतज्ञ रहने बताए । उनले भने कर्णाली प्रदेशलाई दुर्गम छ भनेर मात्रै नहुने र त्यसका लागि सबैले सहयोगी हात बढाउनु पर्ने पनि बताए । यस्तै पोशाक बुझ्दै बिद्यालयका प्रधानाध्यापक रविन्द्र शाहीले बिद्यालयको अबस्था राम्रौ भएता पनि भौगोलिक बिकटाका कारण पनि बिद्यार्थीहरुलाई असहजता हुने गरेको बताए । पिपल संस्थाले कक्षा १ देखि ८ सम्मका ३ सय २५ जना बालबालिकालाई जुत्ता,मोजा, ट््रयाकसुट र टिसर्ट दिएको धन्यवाद समेत दिएका थिए । आगामी दिनहरुमा पनि यस्तै सहयोग भएको खण्डमा विकटका विद्यार्थीहरुको बिद्यालयसम्म सहजै पहुँच हुनुका सथै उनीहरुको शिक्षा पाउने मौलिक हक पनि सुनिश्चितता हुने बताए ।

कार्यक्रममा मुगुका पत्रकार जीवन सेजुवालले यस्तो सहयोगले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई विद्यालयमा पठनपाठनका लागि नियमित आउन प्रेरित गर्ने बताए ।

Nabintech