१३ बैशाख २०८१, बिहीबार
राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १२:१०

बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।

वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ । बाढीले कटान र डुबान गरेका कारण यी गाउँमा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ ।

Nabintech