१३ बैशाख २०८१, बिहीबार
बाँकेका थप चार जना देशभर ७१० मा कोरोना पुष्टि , दुइको मृत्यु

बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८


  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १५:२१

नेपालगञ्ज : बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

यो  सँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७४६ जना निको भइसकेका छन् ।

बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८ रहेको फोकलपर्सन वलीले जानकारी दिए । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् । पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।                                                  पछिल्लो २४ घण्टामा देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको छ ।
दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार २३६ जना सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । विहीवार २१५ जना संक्रमित निको भएका छन् ।

Nabintech