१५ चैत्र २०८०, बिहीबार
सामाजिक सन्जालमा आतंक फैलाउदै दहाल

निरन्तर राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अराजक स्टाटसमार्फत गलत खालका कुरा पोष्ट


  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १८:०५

कोहलपुर: दश बर्षे जनयुद्धमा लागेर जनता आतंकित पार्ने स्कुलिङबाट प्रशिक्षित एक पुर्ब लडाकु भनिएको गौरब दहालले एतिबेला सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति र उहाको गरिमामय संस्था राष्ट्रपतिको कार्यालयलाइ बिभिन्न अबाञ्छित आरोप लगाउदै मान मर्दन हुने कार्य गरेको पाइएको छ ।

निरन्तर राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अराजक स्टाटसमार्फत गलत खालका कुरा पोष्ट गरेर चर्चामा आउने प्रयास गरेको निज दहालले राष्ट्रपति मात्र नभएर सिगों महिलाहरुमाथि प्रहार गरेको पाइएको छ । एकल महिलालाइ हेयको दृष्टिले सामाजिक सञ्जालमा तथानाम लेख्ने निजलाइ कडा कारबाहिको माग गरिएको छ । युवा संघ नेपाल र प्रेस चौतारी कोहलपुरले यस्ता घटना पुन दोहरिन नदिन कानुनि उपचारमा जाने मनसाय बनाएका छन ।

आफनो पोइ तीन पटक प्रधानमन्त्रि हुदा पनि किन दाश ढुङ्गा काण्ड पत्ता लाउन पहल नगरेको भन्दै समाज आतंकित पार्न निजले लेखेको स्टाटसले केपि ओलिलाइ बिद्या देबि भण्डारीको आसय भन्न सम्म भ्याइएको छ । पति हो भने पुष्टि गरोस अन्यथा कारबाहि हुनुपर्नेमा बिभिन्न महिलाबादि संघ संस्थाले उक्त कार्यको भत्सर्ना गरेका छन ।

एति मात्र नभएर अन्नपुर्ण पोष्टमा आएको पुर्ब अर्थमन्त्रिको समाचारको बिषयलाई लिएर निज दहालले पत्रकार सुरेन्द्र काफलेलाइ समेत अपमान हुने खालको शब्दहरु प्रयोग गर्दै अगाडि लेखेको छ यस्ता कुकुर झोले पत्रकारका नाममा कलंक भन्दै जिउदै श्रद्धाञ्जलि दिंदा पनि फरक नपर्ने उल्लेख गरेको छ ।

यसरी सामाजिक सञ्जालमा मत्ताहात्ति जस्तो आतंक मच्चाउने भ्रम सिर्जना गर्ने र एकल महिला त्यो पनि राष्ट्रपतिलाइ समेत बिबादास्पत स्टाटस लेखेर चर्चामा आउने प्रपञ्च गर्ने समाजमा अपाच्य हुने ब्यबहार प्रर्दश गर्ने निजलाइ अबिलम्ब प्रकाउ गरि साइबर क्राइम तथा राष्ट्रपतिको मानमर्दन गरेको अभियोयमा मुद्धा चलाउन कोहलपुरका पत्रकारहरुले जोडदार माग गरेका छन ।

यस्ता सामाजिक धमिराहरु फैलिंदै गए समाजमा शान्ति शुरक्षा तथा अमन चयनमा समेत असर पर्ने भन्दै चौतारीमा आबद्ध सञ्चारकर्मिहरुले निजलाइ कडा कारबाहि गर्न अपिल समेत गरेका छन ।                                                      बैजनाथ गाउपालिकाको स्थाइ बासिन्दा निज दहाल पटक पटक सम्मानित रास्ट्रपतिलाइ अपाच्य शब्द प्रयोग गर्ने गरेको निजलाइ नजिक बाट निआल्दै आएका एक पत्रकारले टाइम्सलाइ बताएका छन ।

 

Nabintech