४ बैशाख २०८१, मंगलवार
आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज यी प्रदेशमा भारी वर्षाको प्रक्षेपण

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना


  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७९, शुक्रबार १०:२८

काठमाडौँ :आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । शनिवार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको  आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ श्रावण १३ गते (शुक्रवार)
​​​​​​​दिउँसो:
 देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ श्रावण १४ गते (शनिवार)
दिउँसो:
 देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ श्रावण १५ गते (आइतबार)
दिउँसो
: देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Nabintech