१५ चैत्र २०८०, बिहीबार
पोखराबाट काठमाडौं उडेको यतिको जहाज ६ मिनेटमै पुनः पोखरामै फर्काइयो

‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ


  • टाइम्स संवाददाता

  • १३ श्रावण २०७९, शुक्रबार १०:५४

काठमाडौं :पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।

‘हवाई सुरक्षामा थप जोखिम नहोस् भनी जहाज पोखरा फर्काइएको छ,’ उनले भने । बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।

Nabintech