११ बैशाख २०८१, मंगलवार
आफै पढ्ने स्कुले बस्ले किच्दा एक बालिकाको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ श्रावण २०७९, शनिबार ०९:०७

दाङ : विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी छोरी तीन वर्षीया पूजाको ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार आफू पढ्ने न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किचेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बसबाट ओर्लिने क्रममा उनलाई पछाडिको टायरले किचेको बताए ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो । प्रहरीले विद्यालयको बस र चालकलाई  नियन्त्रणमा लिएको छ।

Nabintech