१६ चैत्र २०८०, शुक्रबार
अराजक फादर भन्ने जेम्सले अभिभाबकलाइ गरे अपमान (भिडियो सहित)

शैक्षिक अराजकता मच्चाउदै जिवन ज्योती 


  • प्रमोद रिजाल

  • १४ श्रावण २०७९, शनिबार ११:५७

कोहलपुर: जिबन ज्योती स्कुलका फादर भन्ने जोमन जेम्सले आफना अभिभाबकलाई विद्यालयको गेट बाहिर करिब एक घण्टा कुराएर अपमान गरेका छन । विद्यालयमा रिजल्ट हेर्न आएका अभिभाबकलाई १० बजे गेट भित्र नछिरेको निहु बनाई पटक पटक बिबादमा तानिदै आएका फादर भन्ने जेम्सले स्कुलमा एकल दादागिरी गरिरहेको अभिभाबक बृत्तबाट गुणासो आउन थालेको छ ।

१० बजे देखि १२ बजे भित्र रिजल्टका लागि आउन सुचना जारी गरेको बिद्यालयले यस्तो प्रचण्ड गर्मिमा बाल बालिका सहित करिब ४ सय अभिभाबकलाई गेट बाहिर बस्न बाध्य पारेको थियो । आधिकारिक जानकारी बिना विद्यालयको गेट किन बन्द गरियो , १० बजे देखि १२ बजे सम्म रिजल्ट हेर्न पाउने भन्ने सुचना पाएर हामी रिजल्ट हेर्न आएका थियौं तर यस्तो गर्मिमा गेट बन्द छ कोहलपुरका ब्यापारी मोतिलाल काफलेले कोहलपुर टाइम्स संग भने ।

हामी पनि ब्यापारी हौं हाम्रो पनि काम हुन्छ विद्यालयले तोकेको १० बजे देखि १२ बजे तोकेको समयमा विद्यालयमा आउदा पनि यस्तो सास्ति ब्यर्होनु पर्यो अर्का एक ब्यापारीको गुणसो रहेको छ ।

अभिभाबक आफनो शासनमा नचले बच्चा विद्यालयबाट निकाल्न धम्कि दिने गरेको जेम्सले विद्यालयको प्रिन्सिपल भएकै आडमा अभिभाबकै अगाडि दादागिरी शैलिमा मु* जस्लाइ आउन छ आउने नआउने भए नआउने भन्दै अत्यन्त अभद्र ब्यबहार प्रर्दशन गरेका थिए ।
अभिभाबक र जेम्स तथा विद्यालयका अन्य शिक्षकहरुमाझ बाझाबाझ हुदै गर्दा जेम्सले अभिभाबकलाइ अत्यन्त तच्छ शब्द मु* प्रयोग गरि निकै उत्तेजित तवरले अभिभाबकमाझ प्रस्तुत भएको एक अभिभाबकले नाम नबताउने शर्तमा कोहलपुर  टाइम्सलाई बताएका छन ।

मेरो विद्यालय मेरो नियममा चल्छ भन्दै जेम्सले ४०० जना अभिभाबकको माझमा आफना देवता जस्ता अभिभाबकलाइ मान मर्दन गर्न भ्याएका थिए । यस अघि कोहलपुर वडा नं. १० का अध्यक्ष र स्थानिय कांग्रेस नेताहरुलाई यस्तै मान मर्दन गरेपछि निज जेम्सलाई कोहलपुर नगरपालिकाको न्यायीक समितीमा उजुरी परेको र सो मिलाई सकिएको थियो भने जिल्ला शिक्षा कार्यालय सम्म पनि निजलाई उजुर र मिलापत्रको केश परीसकेको छ ।

विद्यालय राम्रो छ तर राजनैतिक संरक्षणमा पटक पट उग्र हुने जेम्सलाई हटाउन केहि अभिभाबकको माग समेत रहेको छ । प्रचण्ड गर्मिमा १ घण्टा गेट बाहिर कुरेर बसेका केहि अभिभाबकले राम्रो संस्कार र शिक्षा सिक्न आफुले यस बिद्यालयमा आफना नानी बाबु भर्ना गरेकोमा जेम्सको बोलि ब्यबहारबाटै आफना नानीबाबुले के सिकेको होला सजिलै अनुमान लाउन सकिन्छ एक अभिभाबकले भने । कमेन्ट केहि गरयोकी बच्चा अन्त लैजान भन्छ आक्रोशित ती अभिभाबकको भनाई रहेको छ ।

कोहलपुर १० को योजना छनौटको समयमा पुर्ब मेयर लुट बहादुर रावतलाई त्यो लुटे को हो किन भ्यु टावर बनायो भनेर आक्रोसित भएका जेम्सले बिद्यालयकै आडमा शैक्षिक आतंक मच्चाउदै आएका छन । कोहलपुर नगरपालिकाको शैक्षिक क्यालेन्डर र क्यालेन्डर कुल्चिदै आफनो मनोमानिमा विद्यालय चलाएका जेम्सका हेरौं केही अबैध क्रियाकलाप

शैक्षिक अराजकता मच्चाउदै जिवन ज्योती

जीवन ज्योती कोहलपुर क्षेत्रमा नाम चलेकै बिद्यालय हो । फादर जोमन जेम्स यस विद्यालयका प्रिन्सिपल हुन । विद्यालय भैतिक र शैक्षिक रुपमा सम्पन्न रहेको यहाँका केहि ब्यक्तिहरुको भनाई रहेको छ । यस विद्यालयले विद्यार्थीहरुको कमि नहोस भन्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको क्रिकेट मैदानमा ट्रष्ट निर्माण गरि ससाना बालबालिकालाई एक बर्षसम्म निशुल्क भन्दै होल्ड गने गरेको तथ्य कोहलपुर टाइम्सले फेला पारेको छ ।

बस्तीको बिचमा रहेको ट्रष्टमा ढाई देखि ३ बर्षसम्मका करिब २० जना बालबालिकाहरु आउने गर्दछन । उनीहरुको दैनिक खाजा र हेरचाह विद्यालय स्वंमले गर्दै आएको छ । विद्यालयले दुई जना शिक्षिका राखेर बिद्यार्थीहरुको हेरचाह गरेको भएता पनि बिद्यार्थी मैत्री वातावरण भने छैन । टिन छाना मुनि बाँकेको गर्मि र सिमेन्टको भुईमा बिद्यार्थीहरु बस्न बाध्य भएका छन । पिजी कक्षाका नाममा ससाना बालबालिकालाई यो गर्मीमा यातना दिएको जस्तो देखिन्छ । विद्यालयले सामान्य मापदण्ड पनि पालना नगरी अबोध बालबालिकाहरुलाई ४० डिग्रीको घाममा बस्न बाध्य बनाइएको छ ।

यता कोहलपुर नगर शिक्षाले भने यस्तो गतिबिधी आफुलाई थाहा नभएको नगर शिक्षा प्रमुख रविलाल मिजारले बताए । उनले भने यस्तो गतिबिधी क्षम्य नहुने र यसबारेमा आफुहरु अनबिज्ञ भएको समेत जानकारी दिए ।

दैनिक रुपमा बढेको गर्मीका कारण बाँके लगाएतका जिल्लाको जनजिवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण ससाना बिद्यार्धीलाई मात्र नभई बयस्क, बृद्धाहरुलाई पनि जीवनयापन गर्न गाह्रो भैरहेको छ । बाँकेको कोहलपुर वडा नं. ११ क्रिकेट मैदानमा मा जीवन ज्योती बिद्यालयले ससाना बालबालिकालाई टिनको छाना मुनि राखेर यातना दिएको पाईन्छ । २ देखि ३ बर्षका कलिला बालबालिकाहरु सिमेन्टको भुईमा टिनको छाना मुनि पंखाले दिने तातो हावा खाएर दिनको ४ घण्टा बिताउदै आएका छन ।

जीवन ज्योती बिद्यालयका दुई जना शिक्षकले दैनिक रुपमा कक्षामा भएका बिद्यार्थीहरुलाई पढाउदै आएका छन । कक्षामा करिब २० जना बालबालिकाहरु रहेका हुन्छन । सो ठाउँमा अध्यापन गराउदै आएकी एक शिक्षीकाले भनिन गर्मी छ बच्चा बस्न मान्दैनन त्यहिपनि आफुहरुले दैनिक ४ घण्टासम्म उनीहरुको रेखदेख गर्दै आएको बताई । सो ठाउँमा बाहिरबाट अन्जान ब्यक्ति जाने हो भने बच्चाहरु रुन थाल्दछन र घर जाने भन्दै झयलमा आउने गर्दछन ।

बिद्यार्थी होल्ड गर्ने नाममा मापदण्ड बिपरीत निर्माण भएको ट्रष्टमा बच्चा राख्ने गर्दा बिद्यालयको यो कतिको लापरबाही गरेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो त एउटा प्रतिनिधी घटना मात्र हो बिद्यालयले कोहलपुर क्षेृत्रका अन्य ठाउँहरुमा पनि यस्ता सेल्टर निर्माण गरि बालबालिकालाई राख्दै आएको छ ।

 

Nabintech