१४ बैशाख २०८१, शुक्रबार
नगर शिक्षा कोहलपुरले दियो बिद्यालयहरुलाई क्षमता बिकास तालिम

  • टाइम्स संवाददाता

  • १४ श्रावण २०७९, शनिबार १८:२६

कोहलपुर: कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले संस्थागत र सरकारि गरि कुल ८७ बिद्यालयका प्रतिनिधिहरुलाइ दुइ दिने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धि क्षमता विकास तालिम  प्रदान गरेको छ ।                                                                         सामुदायिक ३० र संस्थागत ५७ बिद्यालयले सहभागिता जनाएको तालिमले बिद्यालयहरुलाइ तथ्यांक अपलोड गर्न र डाटा सुरक्षामा सघाउ पुग्ने नगर शिक्षा प्रमुख रबिलाल मिजारले बताएका छन ।                                                          यस तालिमबाट लिएको ज्ञान र शिपलाइ बिद्यालयहरुले लागु गर्न सके बिद्यालयमा हुने सबै अनलाइनका कामहरु चुस्तदुरुस्त हुनुका साथै अपडेट समेत रहिरहने प्रमुख मिजारको भनाइ रहेको छ ।                                                                  यो आईइएमाआइएसले बिद्यालयको परिक्षा संचालण परिक्षाफल प्रकाशित लागाएत सम्पुर्ण शैक्षिक क्यालेन्डर बमोजिम बिद्यालयहरु अपडेट रहने नगर शिक्षा प्रमुख रबिलाल मिजारको थप कथन रहेको छ ।                                            सहभागिहरुलाइ प्रमाणपत्र बितरण गर्दै शनिबार समापन गरिएको तालिमको सहजिकरण नगर शिक्षा कोहलपुरका प्रमुख रबिलाल मिजार र शिला गौतम तथा  बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमख टिकानाथ गोसाईंले गरेका थिए ।

Nabintech