८ बैशाख २०८१, शनिबार
मदिरा पिएर स्कुल बस चलाउँछन् चालकहरू, जोखिममा विद्यार्थी

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७९, आईतवार १२:५८

काठमाडौं : उपत्यकामा विद्यालयका बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गरेको पाइएको छ। विद्यार्थीको सुविधाका लागि विद्यालयले बस सञ्चालनमा ल्याउने गरेका छन्। विद्यार्थीको सुरक्षाका लागि बस सञ्चालनमा ल्याइए पनि बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गर्दा जोखिम बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मदिरा पिएर सवारी चलाउने ५ चालकलाई नियन्त्रणमा लिएको छ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारीसाधनलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आइतबार प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गरेको थियो।

उक्त चेकजाँचमा १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जनाकारी दिए। यो अभियानलाई  निरन्नतर  सञ्चालन गरिने प्रवक्ता भट्टले बताए।

Nabintech