१२ श्रावण २०८१, शनिबार
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने, आजै शपथको तयारी

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७९, आईतवार १३:०८

काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुनुहुने भएको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस  गर्नुभएको छ।

स्रोतका अनुसार शर्माको शपथको तयारी भइरहेको छ। प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपति कार्यालय शीतल निवास पठाउनुभएपछि राष्ट्रपतिबाट आजै उहाँले पद तथा गोपनीयताको शपथ लिनुहुने बताइएको छ। राष्ट्रपति कार्यालयले भने सपथ ग्रहणको खबर नआएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो।

Nabintech