१६ चैत्र २०८०, शुक्रबार
जुम्लामा जीप दुर्घटना, एक जनाको गयो ज्यान

जीपमा पाँच जना यात्रु रहेका र चार जनाको अवस्था सामान्य रहेको छ


  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७९, आईतवार १३:४१

काठमाण्डाै : जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीप दुर्घटना हुँदा मुगु जिल्ला राराछायाँनाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । ब्रेक फेल भएर जीप दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ।

दुर्घटनामा जीप चालक दलबहादुर बुढा घाइते भएका र उहाँलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको  प्रहरीले जनाएको छ ।  जीपमा पाँच जना यात्रु रहेका र चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Nabintech