१९ बैशाख २०८१, बुधबार
नेपालगञ्जमा साढे ६ लाख बराबरको अवैध सामान बरामद

  • टाइम्स संवाददाता

  • १५ श्रावण २०७९, आईतवार १८:३८

नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालगञ्ज ल्याउँदै गरिएको ठुलो परिमाणमा झण्डै साढे ६ लाख रुपैयाँ बराबरका कपडा, म्याजिक भ्यान, चिनी लगायत विभिन्न किराना सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण चौधरीको कमाण्डमा गएको टोलीले आइतवार बिहान ६ बजे भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा कपडा बरामद गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरीको चौलिका चेक पोस्टमा खटिएको टोलीले आइतवार दिउँसो जाँच गर्ने क्रममा भाग्दै गरेको भे १ ज १०९८ नम्बरको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर भ्यानसहित ठुलो परिमाणमा चिनी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको अर्को टोलीले नेपालगञ्जका अन्य अवैध नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका किराना तथा हार्डवयरका सामग्री, पेय पदार्थ लगायतका अन्य सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीद्वारा बरामद गरिएका ६ लाख ३२ हजार ४५० रुपैयाँ बराबर अवैध सामग्री, म्याजिक भ्यान लगायतका सामग्रीलाई आइतवारनै नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Nabintech