१४ बैशाख २०८१, शुक्रबार
५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित एक पक्राउ

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार ०६:२४

कोहलपुर : ईलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध ब्राउन सुगर सहित १ जना लाई पक्राउ गरेको छ । नेपालगंजबाट कोहलपुर तर्फ आउदै गरेको भे ११ प. ७८१८ नम्बरको स्कुटर कोहलपुर वडा नंवर ८ बाबानगर स्थित रोकी चेकजाँच गर्ने क्रममा उनले लाएको हापपाईन्टको खल्तीमा लुकाई राखेको अवस्थामा ब्राउनसुगर फेला पारी पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राऊ पर्नेमा, कोहलपुर नगरपालिका वडा नम्बर ५ एन.सि.सि.एन. बस्ने बर्ष २८ को निर्मल सिंह ठकुरीलाई ५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राऊ गरिएको डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनुभयो।

ठकुरीलाई उक्त लागुऔषध र स्कुटरसहित नियन्त्रणमा लिई आवश्यक अनुसनधान भईरहेको डिएसपी मल्लले बताउनुभयो।

Nabintech