१४ बैशाख २०८१, शुक्रबार
भारतद्वारा वेस्टइन्डिज पराजित

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार ०९:१६

काठमाडौं : भारतले तेस्रो टी(२० मा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। वार्नर पार्कमा भएको खेलमा सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले ६ बल अगावै लक्ष्य भेटाएको हो। जितसँगै पाँच खेलको टी-२० सिरिजमा भारत २-१ ले अग्रता बनाउन सफल भएको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले ६ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्योष। वेस्ट इन्डिजका लागि केली  मयर्सले सर्वाधिक ७३ रन बनाएका थिए। त्यस्तै ब्रान्डन किङ्गस, सिम्रन हेटम्यरले २०-२० रन बनाउँदा निकोलस पुरनले २२ रन बनाउँदा रोभमन पवलले २३ रन बनाएका थिए।

भारतका लागि भुवनेश्वर कुंवरले २ विकेट लिएका थिए। जवाफमा भारतले सानदार प्रदर्शन गर्दै सहज रुपमा लक्ष्य पुरा गर्‍यो। सूर्यकुमार यादवले ४४ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७६ रन बनाउँदा ऋषभ पन्त ३३ रनमा अविजित रहे। त्यस्तै श्रेयस अय्यरले २४ रन बनाउँदा दिपक हुड्डा १० रनमा अविजित रहे।

Nabintech