१४ बैशाख २०८१, शुक्रबार
नारायणगढ–मुग्लिन अवरुद्ध सडक दुइतर्फि सुचारु

अहिले नारायणगढ–मुग्लिन खण्डको यात्रा कष्टप्रद बनिरहेको छ


  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार ०९:२०

काठमाण्डाै /अपडेट : पटक पटक पहिरोको कारण अवरुद्धहुंँदै आएको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएपछि  आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहोर गर्छन्।

 

 

 

 

 

Nabintech