१३ बैशाख २०८१, बिहीबार
कार्यालय प्रमुखसहित अन्य कर्मचारी कार्यकक्षमै मदिरा सेवन गरेको अवस्थामा फेला

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार ०९:२४

सुर्खेत: जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् ।

बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन् ।

नेत्र विक्रम  चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए ।  सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैर जिम्मेवारीपन? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताउनुभयो ।

यसबारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भोलि बिहान छलफलका लागि बोलाएका छौँ आवश्यक कारबाही हुन्छ ।”

Nabintech