१३ बैशाख २०८१, बिहीबार
पेट्रोलियमको मूल्य घटाउन अनेरास्ववियूको प्रदर्शन

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार १२:४९

काठमाडौं :  अनेरास्ववियू वागमती प्रदेश कमिटी उपत्यका बिशेष कमिटीले पेट्रोलियम  पदार्थको र  एलपी ग्यासको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। बुधबार टेकुस्थित आयल निगममा कालोपाट्टी बाँधेर प्रदर्शन गर्दै आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएकोप्रति बिरोध प्रदर्शन गरेको हो।केही दिन भित्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे निरन्तर आन्दोलन गर्ने अनेरास्ववियूले जनाएको छ। यता, आयल निगमले भारतबाट मूल्य घटेर आए पनि निगम घाटामै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ।

Nabintech