१३ बैशाख २०८१, बिहीबार
गठबन्धनले देशलाई संकटमा फसायो : महासचिव पोखरेल

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार १४:१०

काठमाडौँ  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशलाई संकटमा फसाएको बताउनुभएको छ आज गहृजिल्ला दाङमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको भए पनि अहिलेको नाजुक अवस्थामा पुगेको बताउनुभयो ।

‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०- ८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं,’ पोखरेलले भन्नुभयो, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ।’

एक वर्षको अवधिमा पाँच महिना बराबरको सामर्थ्य देशले गुमाउनुले गठबन्धन सरकार असक्षम भइसकेको पुष्टि भएको पोखरेलको तर्क छ ।देशको अर्थतन्त्र संकटमा परेको भन्दै उहाँले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गनुर्भयो।

अवाञ्छित व्यक्तिहरू, व्यापारीका एजेन्टहरू राखेर करका दरहरू हेरफेर गरिएको भन्दै एमाले महासचिव पोखरेलले सर्वाधिक अनुचित र गैरजिम्मेवार काम सरकारले गरेको बताउनुभयो।

‘बहुमतको आडमा अपराध गर्नेहरूलाई उन्मुक्ति दिने काम भएको छ,’ पोखरेलले भनाइ छ , ‘प्रचण्ड र देउवाको नजरमा जनार्दनजी चोखिएलान् तर जनताको नजरमा उनले गम्भीर अपराध गरेका छन्।’महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनबाट एमालेले असाधारण रूपमा आफ्नो सामर्थ्य वृद्धि गरेको चर्चा गर्नुभयो।

‘माधव नेपाल, झलनाथ, वामदेवजस्ता व्यक्तिहरूले पार्टी छोड्दाखेरि पनि पार्टीको जनमत घटेको होइन बढेको छ,’ पोखरेलले भन्नुभयो, ‘पहिले ३३ प्रतिशत मत थियो र अहिले एमालेले ३४ प्रतिशत मत प्राप्त गरी सबभन्दा लोकप्रिय मत प्राप्त गरेको छ।’

Nabintech