७ बैशाख २०८१, शुक्रबार
सप्तकोसी प्रभावित नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

२०४५ सालको भूकम्पअघिको बाटोमा सप्तकोसी फर्किएको छ


  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७९, बुधबार १४:१४

उदयपुर: उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरूलाई अस्थायी शिविर बनाएर राखिएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिनुभयो । कतिपय प्रभावित विद्यालयमा आश्रय लिइरहेका छन् भने कतिपय आफन्तकोमा बसेका छन् ।

बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोसी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । २०४५ सालको भूकम्पअघिको बाटोमा सप्तकोसी फर्किएको हो । २०४५ सालको भूकम्पपछि नदी पूर्व किनारतर्फ गएको थियो ।

सप्तकोसी बस्तीमा पस्दा झन्डै चार हजार जना मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा धेरै प्रभावित भएका छन् । १५ सय परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएकाले थप मानिसलाई पनि सुरक्षित ठाउँमा सार्ने काम भइरहेको एसपी बोहराले जानकारी दिनुभयो । उद्धारका लागि डुङ्गासहित तीन सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

 

 

Nabintech