११ बैशाख २०८१, मंगलवार
कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै

उच्च सतर्कता अपनाउन आग्रह


  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७९, बिहीबार ०९:५५

काठमाण्डाै: आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सङ्खुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोकका साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

यस्तै, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Nabintech