१५ चैत्र २०८०, बिहीबार
श्री एयरको जहाज राझामा आकस्मिक अबतरण

चालक दल सहित ७९ जना यात्रुहरु जहाजमा सवार रहेका थिए


  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७९, बिहीबार ११:०८

नेपालगन्ज : श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ ।  नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । आज बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनबाट धुवाँ निस्किएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिनुभयो ।  उहाँका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् ।

Nabintech