१६ चैत्र २०८०, शुक्रबार
मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७९, बिहीबार १४:२७

काठमाण्डाै: सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनको हिजाे बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।

Nabintech