१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्जमा ३२ जना कर्मचारी गयल

१२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित


  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७९, बिहीबार १४:५४

नेपालगञ्ज: नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहिवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो ।

नगर प्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरीपाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो ।

नगर प्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनूगमन गर्ने जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनूगमन गरेको हो ।

Nabintech