१५ चैत्र २०८०, बिहीबार
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना

भारतसँग सीमा जोडिएको प्रदेश रहेकोले यहाँ आपराधिक घटना गराएर उनीहरु भारत भाग्ने गरेको समेत प्रहरीले जनाएको छ


  • टाइम्स संवाददाता

  • २० श्रावण २०७९, शुक्रबार ०८:५१

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा करिब २ हजार ४ सय आपराधिक घटना भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ३ सय ८० आपराधिक घटना भएका हुन्।  गत वर्ष जबर्जस्ती करणी, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध, बाल यौन दुराचार, ज्यान मार्ने उद्योग, बालविवाह, बहुविवाह, अवैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएका छन्।

यस्तै कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण विरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर अपराध तथा सार्वजनिक शान्ति सुरक्षा विरुद्ध १३२, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार २०१, सार्वजनिक स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा ४४७ गरि जम्मा ७८० मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ, लागूपदार्थ सेवन, सामाजिक सञ्जालको बढ्दो प्रयोग र दुरुपयोग, सामाजिक विकृति, उदण्डता, सामाजिक कुरीति, जातीय विभेद, अशिक्षा गरिबी तथा अन्ध विश्वास, घरायसी रिसिबीका, अवैध सम्बन्ध, प्रेम सम्बन्ध र परिबन्द एवं यौनजन्य अपराध प्रसय गर्ने जस्ता कारणहरु रहेका  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिए।

भारतसँग सीमा जोडिएको प्रदेश रहेकोले यहाँ आपराधिक घटना गराएर उनीहरु भारत भाग्ने गरेको समेत प्रहरीले जनाएको छ।

Nabintech