१३ बैशाख २०८१, बिहीबार
नेकपा एस नगर कमिटि कोहलपुरको अध्यक्षमा डांगि

  • टाइम्स संवाददाता

  • २० श्रावण २०७९, शुक्रबार १३:१०

काेहलपुर,साउन : नेकपा एस काेहलपुर नगर कमिटीको तेस्रो पुण वैठकले कोहलपुर नगर कमिटीमा शिव डाँगी अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।  उपाध्यक्षमा उपेन्द्र शाहि र गिरिधारि शर्मा ,सचिवमा तेजप्रसाद अधिकारी ,उपसचिवमा विष्णु भट्टराई ,कालि वहादुर डाँगी ,हिमलाल घिमिरे लगाए रहेका छन। पुनर्गठन पश्चात् काेहलपुर नगर ईन्चाजमा वि पाेखरेल र सह- ईन्चाजमा दिपक शाहीले जिम्मेवारी पाएका छन। पुनर्गठित नगर कमिटीलाई निवर्तमान अध्यक्ष नारायणी वलि तथा निवर्तमान ईन्चाज मन्जु काेईरालाले संयुक्त रुपमा माइनुट हस्तान्तरण गर्दै कार्यकालकाे शुभकामना दिएका थिए ।

वैठकलाई नेकपा एस जिल्ला उपाध्यक्ष भद्र देवकोटा ,जिल्ला सचिव दिपक जि एम,परदेश कमिटी सदस्य केशकुमारि भुसाल ,केन्द्रीय कमिटी सदस्य तथा वाँके सह-ईन्चाज अव्दुल हुसेन खाँले शुभकामना मन्तब्य दिंदै पाटिले  अघि सारेकाे २ महिने संगठन विस्तार अभियानलाई सफल पार्न निर्देशन दिएका थिए।

प्रमुख अतिथि नेकपा एसका केन्द्रीय सदस्य तथा वाँके जिल्ला ईन्चाज अशाेक काेईरालाले मंसिर ४ मा हुन गैरहेको संघिय तथ प्रदेश निर्वाचनकाे तयारि,संगठन निर्माण ,सदस्यता अद्यावधिक ,नयाँ सदस्य वितरण ,वाड कमिटि निर्माण ,जनवर्गीय संगठन निर्माणमा एक साथ लाग्न निर्देशन दिएका थिए। वैठककाे संचालन नगर सचिव तेजप्रसाद अधिकारीले गरेका थिए।

Nabintech