१३ बैशाख २०८१, बिहीबार
कोरनाबाट मृत्यु भएका मध्ये १३ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पुष्ठि

कोरना संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्यो


  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७९, आईतवार ०८:०१

साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए।

डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्यु भएकोमा १३ जना अर्थात् ७६ प्रतिशतले एक डोज पनि कोभिडविरुद्धको खोप नलाएको भेटिएको हो। उनका अनुसार मृत्यु भएका मध्ये १३ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भने भएको पाइएको भेटिएको छ।

‘संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ तर महत्वपूर्ण कुरा के छ भने मृत्यु हुने मध्ये ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप नलगाएको पाइएको छ’ डा गेलालले भने।

तर मृत्यु भएका मध्ये दुई जनाले भने पूर्ण डोज (दुई डोज) खोप लगाएको समेत उनले बताए। ‘मृत्यु भएका मध्ये दुई जनाले भने पूर्ण डोज खोप लगाए पनि उनीहरुमा दीर्घरोग रहेको भेटिएको थियो’ उनले भने।

मृत्यु हुने २१ वर्ष माथिका संक्रमित

यसरी साउन लागे संगै मृत्यु हुने संक्रमितमा २१ देखि ८५ वर्ष उमेर समूहका रहेका डा गेलालले बताए। जसमा २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको उनको भनाइ छ। ‘कोभिड संक्रमणबाट हाल मृत्यु हुनेको अवस्था हेर्दा १३ जनाले खोप नलगाएको पाइयो र तीन जनाले बुस्टर डोज लगाएको पाइएन खोप नलाएकाहरुलाइ हालको संक्रमणले गम्भिर बनाएको देखिएको छ, युवा खोप नलाएको भए युवा उमेर समूहलाई पनि संक्रमणको कडा लक्षण देखिएको छ यसले कोभिडविरुद्धको खोप को महत्व कति रहेछ भन्ने पनि पुष्टि भएको छ त्यसैले  सबैलाई आग्रह गर्दछु’ उनले भने।

सीमा नाकामा परीक्षण गरिएका मध्ये १० प्रतिशतमा संक्रमण

यस्तै पछिल्ला दिनहरुमा नेपाल भारत सिमा नाकाहरुमा कोभिड संक्रमणदर धेरै रहेको समेत उनले बताए।

विभिन्न नाकाबाट नेपाल भित्रने मानिसमा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले पनि नेपालमा संक्रमणदर बढ्दै गएको हो, नेपाल भारत सीमा नाकामा परिक्षण गरिएका नमुनाहरूमा १० प्रतिशतमा कोभिड संक्रमण देखिएको छ’ डा गेलालले भने।

पछिल्लो ९० दिनमा नेपालमा प्रवेश गर्ने विभिन्न नाकामा रहेका हेल्थ डेस्कले ८० हजार २९६ जनाको कोरोनाको परीक्षण गरेको थियो।

परीक्षण गरिएकामध्ये एक हजार २५० जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी, नाकाहरुमा १४ दिनमा १७ हजार १४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ। अन्तर्राष्ट्रिय एयरपोर्ट र सीमा नाकाहरुमा स्क्रिनिङको दर र परीक्षण बढाउने कार्य अगाडि बढाएको समेत डा गेलालले बताए।

बुस्टर डोजले मृत्युदर घटाउँछ

कोभिड संक्रमणको नयाँ नयाँ भेरियन्ट आइरहेको बेला यसको जोखिमबाट बच्ने सबैभन्दा उत्तम उपाए भनेको कोभिड बिरुद्धको खोप नै भएकाले खोपको उपलब्धताका आधारमा सबैलाई बुस्टर दिन दिनुपर्ने बताउछन् नेपाल स्थित विश्व स्वास्थ्य संगठनका खोप विज्ञ डा विनोद बुरा। एक डोज खोप लगाउनेमा संक्रमणबाट गम्भीर नहुने दर ६५ प्रतिशत र बुस्टर डोज लगाउनेमा गम्भिर नहुने दर ८५ प्रतिशत हुने समेत डा बुराको भनाइ छ।

‘एक डोज मात्रै खोप लगाउनेमा संक्रमणबाट जोगाउने तथा गम्भीर हुनबाट जोगाउने दर ६५ प्रतिशत हुन्छ भने बुस्टर डोज लगाउनेमा ८५ प्रतिशत त्यसैले उपलब्धताको आधारमा सबैले खोप लगाउनु पर्छ, यसअघि पूर्ण डोज लगाएकाहरुमा पनि तीन महिना पछि एन्टिबडी घट्दै जाने हुँदा तीन महिना पछि बुस्टर डोज लगाउनु पर्छ’ डा बुराले भने।

जसलाई यसअघि पनि कोभिड संक्रमण पनि हुनु र कोभिडविरुद्धको खोप पनि लगाउनु भनेको मानिसमा हाई एन्टिबडी बिकास हुनु रहेको समेत डा बुराले बताए।

नेपालमा हाल प्रयोग भइरहेको ११ वटा कोभिड-१९ विरुद्धको खोप डब्लुएचओले स्वीकृती दिएको खोप भएकाले ढुक्क भएर लगाउन डा बुराको आग्रह छ।

दीर्घ रोगी, गर्भवती महिलाहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए।​ उनले तर हाल बालबालिकाहरुलाई भने बुस्टर डोज आवश्यक नपर्ने समेत डाक्टर बुराको भनाइ छ।

पछिल्लो समय दक्षिण एसियामा पछिल्लो समय पुन कोभिड संक्रमण बढ्दै गएको र यस क्षेत्रको संक्रमण बढ्ने देशहरु नेपाल पनि रहेको हुँदा बुस्टर डोज लगाउनु पर्ने समय भएकाले खोप लगाउनु पर्ने समेत उनले बताए।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो डोज र ७०.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन। त्यसैगरी, १८ वर्षमाथिका लक्षित समूहले ९२.५ प्रतिशतले एक मात्रा र ८८.४ प्रतिशतले पूर्ण खोप लगाएका छन भने हालसम्म नेपालमा नेपालमा कुल जनसंख्याको २५ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन्।

कुल जनसंख्याको ७५ प्रतिशतलाई अझै नेपालमा बुस्टर डोज खोप लगाउन बाँकी रहेको छ। पछिल्लो पटक नेपालमा कोभिडविरुद्धको खोप पर्याप्त मात्रामा उपलव्ध भए पनि खोप कार्यक्रम प्रभावकारी भएको देखिदैन।

Nabintech