१४ बैशाख २०८१, शुक्रबार
मदन पुरस्कारका लागि छानिए ८ पुस्तक

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७९, सोमबार १२:३१

काठमाडौं : मदन पुरस्कारका लागि ८ पुस्तक छानिएका छन्।  मदन पुरस्कार गुठीले २०७८ सालमा प्रकाशित पुस्तकमध्येबाट उत्कृष्ट ८ को सूची सार्वजनिक गरेको हो।

गुठीले दर्ता हुन आएका २ सय ९९ पुस्तकबाट उत्कृष्ठ ८ को सूची सार्वजनिक भएको हो। अन्तिम सूचीमा  नवराज लम्सालको ‘अग्नि’, बसन्त बस्नेतको ‘महाभारा’, दामोदर पुडासैनीको ‘ग्रिष्मको नीलो बतास’, दीपा मेवाहाङ राई ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवी लिपी’, नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।

यिनै ८ पुस्तकमध्ये एकलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारले पुस्तकसँगै कला साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिलाई जगदम्बाश्री पनि दिँदै आएको छ।  मदन पुरस्कार र जगदम्बाश्रीको पुरस्कार राशि ४ लाख रहेको छ।

Nabintech