११ बैशाख २०८१, मंगलवार
बांकेमा कोरना सक्रिय संक्रमितको सख्या ५१ पुग्यो

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७९, सोमबार १२:४६

नेपालगञ्ज : बाँकेमा सोमवार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यस्तै ४ जना निको भएका छन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २१३ पुगेको छ । यस्तै २० हजार ८०९ जना निको भइसकेका छन् । अहिले बाँकेमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

यो सङै हाल सम्म बाँकेका २१२१३ जना सक्रमितको सख्या पुगेको छ भने आज सोमबार बाँकेमा ४ जना डिस्चार्ज भय सङै जम्मा २०८०९ जना निको भैसकेका छ्न । बाकेमा हाल सम्म ५१ जना सकृय सन्क्रमित रहेका छन र उनीहरुले होम आइसोलेसनमा स्वास्थ्य लाभ लिइरहेका छन ।

Nabintech