१३ बैशाख २०८१, बिहीबार
‘झिँगेदाउ’ ट्रेलरमा परिवारभित्रकाे प्रेम र झगडा

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७९, सोमबार १४:४४

काठमाडौं : नयाँ नेपाली फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा परिवारभित्रको प्रेम र द्वन्द्वलाई देखाइएको छ। भिमनिधि तिवारीको कथामा आधारित फिल्ममा मुकुन भुषाल, कुशल बिष्ट, केकी अधिकारी, आँचल शर्मा, आयान खड्का, अभय बराल हिउवाला गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

भिमनिधि तिवारीको कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। जसको निर्माण कपनगडी सिनेमा तथा फिल्म क्रु नेपाल ब्यानरबाट भएको हो। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा मुकुन र कुशल दाजुभाइको भूमिकामा देखिएका छन् भने केकी र आँचल देउरानी, जेठानीको भूमिकामा देखिएका छन्।  पारिवारिक कथामा आधारित फिल्म भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Nabintech