११ बैशाख २०८१, मंगलवार
क्रियाशिल पत्रकार समुह तदर्थ समिती गठन

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७९, सोमबार १५:४२

कोहलपुर: कोहलपुरमा क्रियाशिल पत्रकारहरुले आफनो तदर्थ समिती गठन गरेका छन ।  कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेलाले  निर्मल आचार्यको अध्यक्षतामा क्रियाशील पत्रकार समूह तदर्थ समिती  पुर्नगठन गरेको हो । आचार्यको अध्यक्षतामा भेलाले १५ सदस्यीय तदर्थ कार्यसमिति चयन गरेको छ ।

भेलाबाट समूहको उपाध्यक्ष सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, सचिवमा पवित्रा परिवार र आरती कट्टेल चयन भएका छन् । यस्तै समतिको सदस्यहरुमा कृष्ण चौधरी, शुभाखर विश्वकर्मा, विवेक रेग्मी, कल्पना कार्की, धना के.सी., बिजय परियार, प्रदिप आचार्य, कल्पना शाही, रामकृष्ण छिनाल चयन भएका छन् ।

कोहलपुर क्षेत्रमा कार्यरत क्रियाशील, श्रमजिवी पत्रकार/सञ्चारकर्मीहरु संगठित हुनुपर्ने आवाज उठिरहेकाले कोहलपुर क्षेत्रमा रहेका सञ्चारगृहमा कार्यरत पत्रकार/सञ्चारकर्मीहरुको भेलाले समूह चयन गरेको बताइएको छ ।

Nabintech