६ बैशाख २०८१, बिहीबार
अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआईको छापा

  • एजेन्सी

  • २४ श्रावण २०७९, मंगलवार ०८:०९

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान छापा मारेको छ।  न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका छन्।

ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ।

यसैबीच ट्रम्पले आफ्नो घरमा पूर्व जानकारी बीना नै छापा मार्नु आवश्यक नरहेको दाबी गरेका छन्। ‘यो हाम्रो मुलुकको कालो दिन हो’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। उनी सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेका थिए।

ट्रम्पले गत वर्ष ह्वाइटहाउस छाड्दा आफूसँग केही महत्वपूर्ण कागजपत्र लिएर गएको आरोप लागेको छ। यी कागजातहरू धेरै ठूला बाकसमा मार-ए-लिगोमा लगिएको भनिदै आएको छ। त्यसयता अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्प र उनका नजिकका सहयोगीमाथि नजर राखिरहेका थिए।

Nabintech