१३ बैशाख २०८१, बिहीबार
आफनै तीन बर्षिय छोरा हत्या आरोपि बाबु पक्राउ

छोराको शव गाडेको स्थान देखाएपछि खोजतालस गर्दा बालकको शव फेला परेको प्रहरीले जनाएको छ


  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १२:२३

नेपालगन्ज: बर्दियाको बाँसगढी नगरपालिका वडा नं ५ बस्ने डम्बरबहादुर बोहराले ३ वर्षीय आफ्नै छोराको हत्या गरेका छन् । प्रहरीले उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेपछि हत्या बारे खुलेको हो । सोधपुछका क्रममा बोहराले छोराको शव गाडेको स्थान देखाएपछि खोजतालस गर्दा बालकको शव फेला परेको छ । साउन १६ गते बोहरा छोरा लिएर सम्पर्कबिहिन बनेका थिए ।

बालक हराएको भन्दै खोजिका लागि उजुरी परेपछि बर्दिया प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार बोहरा सम्पर्कबिहिन भएका कारण अनुसन्धानको गर्दै जाँदा उनलाई छोराको हत्या आरोपमा प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । बोहरा बैतडी घर भई बाँसगढीमा डेरा गरेर बस्दै आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech