१२ श्रावण २०८१, शनिबार
गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य छैन : महासचिव पोखरेल

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १६:३०

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नुभएका उहाँले पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्छन् ।’

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार भएको टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने बताउनु भयो ।

Nabintech