१६ चैत्र २०८०, शुक्रबार
लक्ष्मि माबि कोहलपुरले गर्न सकेन शिक्षक छनौट

गत बर्ष नगरपालिकाबाट बिद्यालयले पाउने अनुदान समेत फ्रिज


  • प्रमोद रिजाल

  • २५ श्रावण २०७९, बुधबार १५:०९

नेपालगञ्ज: बाँकेको कोहलपुर २ मा रहेको लक्ष्मि माबि बर्दहवाले रिक्त शिक्षण सिकाई अनुदान कोटा अन्र्तगतको करार शिक्षक भर्ना गर्न आब्हान गरेको बिज्ञापनको कुनै सुनुवाई गर्न सकेको छैन । यहि असार २० गते अन्तिम मिती तय गरि खोलिएको बिज्ञापनमा ३ जनाको दरखास्त परेको भएपनि उल्लेखित सुचना बमोजिमको बिद्यालयले लिखित तथा मौखिक परीक्षा गर्न नसकेको हो ।

बिद्यालयको माग बमोजिम गत आर्थिक बर्षको पौषमा नगर शिक्षा समिती कोहलपुरले अनुदान कोटामा करार शिक्षक छनौट गर्न अनुमति प्रदान गरेको भएपनि सो समयमा बिज्ञापन नखुलाई सोहि निर्णयलाई आधार मानि असारमा शिक्षक आबश्यकता सम्बन्धि बिज्ञापन गरेको पाइएको छ । गत बर्ष बिद्यालयले शिक्षकका निम्ति पाउने अनुदान समेत बिद्यालयको मनोमानिका कारण फ्रिज समेत भएको थियो ।

यस बर्ष सो बिद्यालयलाई अनुदानमा करार शिक्षक भर्ना गर्न दिने नदिने बारेको निर्णय कोहलपुर नगर शिक्षा समितीले गरि सकेको छैन तर बिद्यालयले बिज्ञापन प्रकाशित गरेको छ । हामीले गत बर्ष पौषमा निर्णय गरि पठाएका थियौं माघमा नै प्रक्रियामा जानुपर्ने हो किन प्रक्रियामा नगएको हो भन्ने बारे बिद्यालयले नगर शिक्षालाई कुनै जानकारी नै नगराएको कोहलपुर नगर शिक्षा प्रमुख रबिलाल मिजारले टाइम्ससंग भने ।

यस बारे बुझन खोज्दा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम पुलामी र प्रअ जय बहादुर बिष्टको फोन रिसिभ हुन सकेन तर बिद्यार्थी नेताहरु बिद्यालयमा राजनैतिक दबाफका कारण सो बिज्ञापनलाई प्रक्रियामा नलगेको बताउछन । प्रअ र बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष फरक फरक पार्टिमा आस्था राख्ने भएकै कारण आन्तरिक द्धन्द्धका कारण बिज्ञापनलाई थाति राखेको आरोप अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले लगाएका छन । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रेम पुलामीको भाद्रमा कार्यकाल सकिने भएकाले सोहि समयलाई प्रअले कुरेर बसकै कारण यो बिज्ञापनको सुनुवाई नभएको हो घिमिरेको ठोकुवा छ ।

नेपाली कांग्रेस कोहलपुर वडा नं. २ को वडा समितीले ब्यक्ति तोकेरै सिफारीस गरेको छ भन्ने हामीले सुनेका छौं स्वच्छ प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्नुपर्छ अन्यथा अनेरास्ववियु यस्को भण्डाफोर र बिरोधमा उत्रिनेछ घिमिरेले कोहलपुर टाइम्सलाई भने । पटक पटक हामीले बिज्ञापनलाई प्रक्रियामा लैजान आग्रह गर्दापनि प्रअले टालटुले जवाफ दिने गरेको प्रति आक्रोस ब्यक्त गर्दै बिद्यार्थी नेता घिमिरेले आफना संगठनका कुरा लत्याएर बिज्ञापनमा गरेको बिलम्बको कडा रुपमा प्रतिकार गर्ने बताएका छन ।

 

Nabintech