८ बैशाख २०८१, शनिबार
थप ८६८ मा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु , बाँकेमा ११ जनामा कोरोना पुष्टि

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७९, बुधबार १६:०४

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । यस्तै सोही समयमा ३ जनाको मृत्यु भएको छ ।

बुधवार बाँकेमा ११ जनामा कोरोना पुष्टि

बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १९ जनाको नमुना जाँच गर्दा १० जना र राप्तीसोनारीमा एकजना गरी थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना जिल्ला बाहिरका छन् । बुधवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कूल कोरोना संक्रमितको संख्या २१ हजार २४३ पुगेको छ । यस्तै एक जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २० हजार ८१७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७३ रहेको फोकलपर्सन वलीले बताए ।

Nabintech