११ बैशाख २०८१, मंगलवार
बाढी पहिरोले २ दर्जन घट्ट बगायो

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७९, बुधबार १६:०८

सुर्खेत :  बाढी पहिरोले बारेकोट गाउँपालिका –४ जिरीमा खेती योग्य जमिनसहित २५ भन्दा बढी घट्ट बगाएको छ। गएराती आएको बाढीका कारण जिरी, दह, ओक्टी लगाएका ठाउँमा रहेको खेतीयोग्य जमिनमा क्षती पुगेको छ।

स्थानीय विद्युतको विद्युत उत्पादन गृहमासमेत क्षती बनाएको वडा- ४ का अध्यक्ष विष्णु रावतले बताए। पानी घट्ट बाढीले बगाएसँगै यहाँका स्थानीयबासीले अन्न पिस्ने कामसमेत रोकिएको छ। यो ठाउँमा पानीको सहायताले चल्ने घट्टहरु मात्र सञ्चालन हुने गर्दछन्। वडा- ४ र ५ का स्थानीयबासीले प्रयोग गर्दै आएको घट्टहरु बाढीले बगाएपछि समस्या भएको अध्यक्ष रावतले बताए।

Nabintech