१५ चैत्र २०८०, बिहीबार
गुप्तचरमा पालैपालो प्रमुख हुने पालो

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७९, शुक्रबार ०६:३६

काठमाण्डौ: सरकारले राष्ट्रिय अनुसन्धान विभागको रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी सरह) पदमा दुई जनालाई बढुवा गरेको छ ।  क्याबिनेटको आजको निर्णयअनुसार विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा हुतराज थापा र ओम जोशीलाई बढुवा गरिएको हो । अब यी दुबैजना पालैपालो आगामी भदौपछि प्रमुख हुने लाइनमा बसेका छन् ।

एउटा मात्र दरबन्दी भएको उक्त पदमा हालै फाष्ट ट्रयाकबाट ओएण्डएम सर्भे गराएर दुई वटा दरबन्दी कायम गरेपछि थापा र जोशीलाई बढुवा गरिएको हो । एक जना काँग्रेस र एक जना माओवादी केन्द्र समर्थित भएकाले दुई वटा दरबन्दी तर्जुमा गरेर बढुवा गरिएको हो ।

अहिलेका प्रमुख यदु खरेलको आगामी भदौमा अवकाश भएपछि उनीहरु पालैपालो प्रमुख हुनेछन् ।  बढुवाका दावेदार भनेर चिनिएका ओम जोशी,हुतराज थापा,हरिहर पौडेल र सुनिल ढकालको पाँच वर्षे कार्यकाल सकिन एक महिना बाँकी रहेको भन्दै गत १३ गते चारै जनालाई किताबखानाबाट प्राप्त पत्र बुझाइएको थियो । राजनीतिक भागबण्डाअनुरुप ओम र हुतलाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने तर पहिलो नम्बरमा हुतलाई नै राख्नुपर्ने अडान माओवादीले पूरा गराएको छ । 

Nabintech