१५ बैशाख २०८१, शनिबार
बोल्ड शैक्षिक हब कोहलपुर, एसईई पछि रोजाईमा थरि थरि कलेज

डक्टर, नर्स,कृषि बिज्ञान, होटेल म्यानेजमेन्ट देखि कम्प्युटर बिज्ञान, ओडिएफ, र सिभिल इन्जीनेरीङ्ग सम्मको पढाई कोहलपुरमै


  • प्रमोद रिजाल

  • २७ श्रावण २०७९, शुक्रबार १२:५४

कोहलपुर:  सुदुरपश्चिम प्रदेश र कणाली प्रदेशको प्रबेशद्वारको रुपमा चिनिएको कोहलपुर शैक्षिक हबको रुपमा बिकसित भईरहेको छ । डक्टर, नर्स, कृषि बिज्ञान, होटेल म्यानेजमेन्ट देखि कम्प्युटर बिज्ञान, सुचना प्रबिधि, ओडिएफ, सहकारी ब्यबस्थापन र सिभिल इन्जीनेरीङ्ग सम्मको पढाई कोहलपुरमै हुने भएपछि कोहलपुरलाई बोल्ड शैक्षिक हब भन्दा अतिसयोक्ति नहोला । ६० को दशकदेखि एमबिबिएस डक्टर र नर्स उत्पादन गर्ने नसिङ कयाम्पस र नेपालगञ्ज मेडिकल कलेज समेत यसै क्षेत्रमा रहेका छन  ।

भर्खरै एसईई दिएर बसेका बिद्यार्थिहरुकालागी उच्च शिक्षा अध्यनको मार्ग अबको कोहलपुर हुनेमा यहाका शैक्षिक संस्थाहरुले दाबि गरेका छन । बिगत जस्तो उच्च शिक्षा तथा ११, १२ का लागी नेपालगञ्ज तथा काठमाण्डौ धाउनुपर्ने बाध्यता वा अध्यननै स्थगित गर्नुपर्ने अबस्थालाई कोहलपुरका स्थापित शैक्षिक संस्थाले चिरेका छन ।

यहॉ स्थित बागेश्वरी बहुमुखि पब्लिक क्याम्पसले २०४८ सालदेखि नै बिद्यार्थीहरुलाई उच्च शिक्षा लिने अबसर जुराएको भएपनि प्राबिधिक र बैज्ञानिक शिक्षाको खॉचो कोहलपुरलाई खटकीरहेको परीप्रेक्षमा अहिले भने ब्यग्रल्ती खुलेका कलेजले भने फरक फरक बिषयमा बिद्यार्थीहरुलाई घर आगनमै शिक्षा दिइरहेका छन । प्लस टु स्नातक र स्नातकोत्तर सम्मको पठनपाटन गराईरहेको बागेश्वरी क्याम्पसले शिक्षा, मानबिकि र ब्यबस्थापन संकायमा अध्यापन गराईरहेको छ ।

सस्तो शुल्कमा गुणस्तरीय दिएको दाबि गर्ने क्याम्पसले स्नातकोत्तरमा नेपाली, अंग्रेजी, स्वास्थ्य र करीकुलम जस्ता बिषयको पठनपाठन गराईरहेको छ । कोहलपुर नगरमै जेठो यो क्याम्पसमा हाल १२०० बढि बिद्यार्थीहरु अध्यनरत गरीरहेको पुर्ब क्याम्पस प्रमुख खगराज पन्तले बताए ।

त्यसैगरी २०६५ सालमा स्थापित भएको डाइनामीक मल्टिपल क्याम्पस बिद्यार्थीहरुकालागी अर्को शैक्षिक गन्तब्य हुन सक्छ । कक्षा ११,१२ र स्नातक सम्मको अध्यन हुने यो क्याम्पसले उत्पादित बस्तुहरु ब्यबस्थापन गरेर बजार सम्म पुरयाउन सक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको क्याम्पसका प्रबन्ध निर्दैशक शारदा प्रसाद कोइरालाले दाबि गरेका छन ।

कक्षा ११ र १२ मा अध्यापन गराउने  गरेको पुरानो कलेज डाइनामीकले शिक्षा, बाणिज्य संकायमा पठनपाठन गराइरहेको छ । उत्पादन देखि ब्यबसायीक कारोबार गर्न सक्ने सक्षम जनशक्ति उत्पादनका उद्वेश्यले क्याम्पसले बिजनीस स्टडी, मार्केटीङ्ग बिषयको पनि पठनपाठन गराइरहेको छ । शिक्षा तर्फ गणित, अंग्रेजी, नेपाली र स्वास्थ्य तथा शारीरिक बिषयको अध्यापन गराएर बिद्यार्थीलाई शिक्षक, प्राबिधिक सहायक र बिद्यालय निरीक्षक बनाउन क्याम्पस सक्षम भएको प्राचार्य रबिन्द्र रेग्मीले कोहलपुर टाइम्सलाई बताए । १२०० बिद्यार्थी अध्यनरत यो क्याम्पस कोहलपुर १० मा रहेको छ ।

बिद्यार्थीको आर्कषण इमराल्ड र एभरेष्ट कलेजमा

बिद्यार्थीहरुलाई जबको ग्यारेन्टि दिएर कोहलपुरमा इमराल्ड कलेज अफ म्यानेजमेन्ट र एभरेष्ट कलेजले बिद्यार्थीहरुलाई पठनपाठन गराईरहेका छन । बढदो बैदेशिक रोजगारका लागी तेस्रो मुलुक गएर अर्थोपार्जन गर्ने सपना बोकेका एसइसी दिइ बसेका बिद्यार्थीहरुकालागी यी दुइ कलेज बरदान साबित हुन सक्छन ।

छोटो समयमा सैद्वान्तिक शिक्षा दिएर स्वरोजगारीको सृजना गर्ने उद्वेश्यले स्थापित यी दुई कलेजमा करिब तीन सयको हाराहारीमा बिद्यार्थीहरुले शिक्षा लिईरेका छन । हाम्रोमा पढने बिद्यार्थीलाई जबको ग्यारेण्टि छ , बिदेशमा तलब सहितको तालिम लिने अबसर हामीले प्रदान गरेका छौं इमराल्ड कलेज अफ म्यानेजमेन्टका म्यानेजिङ्ग डाइरेक्टर भेषराज भुषालले भने । भारत, चिन र दुबईमा हाम्रा बिद्यार्थीहरु तालिम र रोजगारीका लागी गएका छन म्यानेजिङ्ग डाइरेक्टर भुषालले कोहलपुर टाईम्ससंगको भेटमा बताए ।

न्युरोड कोहलपुरमा रहेको इमराल्ड कलेज अफ म्यानेजमेन्ट र पिपलचौतारा कोहलपुरमा रहेको एभरेष्ट कलेजमा प्रोफेसनल डिप्लोमा ६ महिने र एक्जुकेटिभ प्रोफेसनल डिप्लोमा थप ६ महिने कोर्षको अध्यापन संगै हप्ताको ६ दिन अभ्यास र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरीएको छ ।


आइटिको आर्कषण त्रि.मा.बि. मा

कम्प्युटरको दुनियामा रमेर आफनो करीयर बनाउन इच्छुक बिद्यार्थीका लागी त्रिभुबन माध्यामिक बिद्यालय कोहलपुर १० आशातित गन्तब्य हो । कक्षा ११ र १२ मा शिक्षा, बिज्ञान र ब्यबस्थापन संकायमा अध्यापन हुने यस त्रि.मा.बि मा टेक्स आइटी १८ महिने र डिप्लोमा इन कम्प्युटर इन्जीनेरीङ्ग १८ महीने कार्यक्रम संचालिन भएकाले पनि यो बिद्यालयका थप आर्कषणमा पर्ने देखिएको हो । २०६४ सालदेखि प्लस टु पढाउन शुरु गरेको यस बिद्यालयमा १८ महिने आइटी कार्यक्रम पनि संचालि छ । बजारमा कम्प्युटरको ज्ञान भएका जनशक्तिको अभाबलाइ आफनो बिद्यालयले परीपुर्ती गरेको प्रधानाअध्यापक देबकी बस्नेत थापाले दाबि गरीन ।

कम्प्युटर साईन्स पढन चहानेलाई रामजानकी

सानैदेखि तिमी के पढने नानी बाबु भन्दा कम्प्युटर साईन्स भन्ने र कम्प्युटर साईन्स पढन इच्छुक बिद्यार्थीहरुका लागी रामजानकी मा.बि. कोहलपुरले कम्प्युटर साईन्स बिषयमा पनि अध्यापन गराईरहेको छ । कोहलपुर क्षेत्रको निजि बिद्यालयहरुमाझ जेष्ठ बिद्यालय समेत रहेको राम जानकी मा.बि. मा कक्षा ११ र १२ लाई कम्प्युटर साईन्सका अलावा शिक्षा, बिज्ञान र बाणिज्य संग सम्बन्धित बिषयहरुको समेत अध्यापन हुने गरेको छ ।

२०४२ सालमा कोहलपुरमा पहिलो पल्ट निजि बिद्यालयको रुपमा स्थापना भएको रामजानकी २०६३ देखि प्लस टु सञ्चालन गरेको हो । हाल १०० को हाराहारीमा बिद्यार्थीहरुले अध्यन गरीरहेको यस बिद्यालयले रोजगारीको अबसर सृजना गरीरहेको नगर शिक्षा समिती कोहलपुरका सदस्य एबं बिद्यालय सञ्चालक दिनेश सिग्देलले बताए ।

पढेर खालि बस्नै नपर्ने

शिभिल इन्जीनेरीङ्ग बिषय अध्यापनको शुरुवात ज्ञान ज्योती माध्यामीक बिद्यालय चप्परगौंडिले गरेको छ । स्थानिय तहमा अनिबार्य चाहिने जनशक्ति उत्पादन गर्ने ध्ययका साथ बिद्यालयले शिभिल इन्जीनेरीङ्ग बिषयको पठनपाठन गर्ने ब्यबस्था मीलाएको बिद्यालयका प्रधानाअध्यापक बिनोद लम्सालले बताएका छन । एसईई पछिको शिभिल इन्जीनेरीङ्ग पनि हो भन्ने सपना बोकेका बिद्यार्थीका लागी यस बिद्यालय आर्कषक गन्तब्य हुनेमा दुइ मत छैन । कक्षा ११ र १२ मा शिक्षा, ब्यबस्थापन, साइन्स र साइन्स शिक्षा बिषयको अध्यापन गराइरहेको यस बिद्यालयमा २०० बढी बिद्यार्थीले अध्यन गरीरहेका छन ।

नगरमै पहिलो पटक एम बि एस के एम सि मा
कोहलपुरको मुटु एन टिभि रोडमा रहेको कोहलपुर मोडेल कलेजमा नगरमै पहिलोपल्ट एम बि एस शिक्षाको शुरुवात गरीएको छ । बिबि एस र एमबिएस सम्मको अध्यन हुने यस कलेजमा प्लस टु पढेर थप शिक्षा लिन चहाने बिद्यार्थीका लागी यो अर्को घर आगनको अबसर हो । फाइनान्स, मार्केटिङ्ग, हियुमन रिसोर्च जस्ता संकायमा पढाइ हुने यस कलेजको आफनै भबन समेत रहेको छ । २०६९, २०७०, २०७२ र २०७४ सालमा मध्य तथा सुदुर पश्चिम मै सर्बोउत्कृष्ट नतीजा ल्याउन सफल यस कलेजले आफना बिद्यार्थीहरुलाई बैंक तथा बित्तिय संस्था र उद्योगहरुमा रोजगारीको लागी सम्पर्क बढाइदिने समेत कार्य गर्ने गरेको कलेज प्रमुख सञ्जिब बाबु पंगेनिले दाबि गरेका छन ।
पांच सय पचास जना बिद्यार्थीहरुले अध्यन गरीरहेको यस कलेज कोहलपुरकै अब्बल कलेजको रुपमा परिचित छ ।

असल प्रशिक्षक बन्न वाईड नलेज

बिद्याथीहरुको एसइसि पछिको रोजाई पर्न सक्ने कलेज हो हो वाइड नलेज टेक्निकल कलेज । कोहलपुर ११ मा रहेको यस कलेजले उद्यमशिलता विकास, ब्यबसायीक अबधारणा लेखन र विकास संग सम्बन्धित तालिम प्रशिक्षक भई का मगर्ने अबसर जुराइदिन सक्छ ।
गरीबि निबारणका लागी उद्यम विकास कार्यक्रममा गर्न सक्ने तथा गाउपालिका नगरपालिकाका उद्योग विकास शाखामा रोजगारीको अबसर दिलाइउन यस कलेजले सहयोग गर्ने भएकाले बिद्यार्थीको रोजाइमा यो कलेज पर्न सक्छ ।

बैंक तथा बित्तिय क्षेत्रमा काम गनै इच्छुक बिद्यार्थीका लागी न्यु बागेश्वरी एकेडेमी अर्को रोजाइको कलेज हो । शिक्षाशास्त्र र बयबस्थापन तजमा अध्यापन हुने यस कलेजमा मार्केटङ्ग, फाइनान्स, एकाउन्ट, गणित, अंग्रेजी, जनसंख्या र नेपाली बिषयमा अध्यापन हुने कलेज प्रमुख केशबरा सिग्देल बताउछन । यसै बिषयसंग सम्बन्धित बिषयको अध्यापन ज्ञान मैत्रि कलेज कोहलपुरले पनि गर्ने गरेको कलेजका प्रिन्सिपल गणेश पौडेलले बताए ।

कृषि बिज्ञान र बिज्ञानका लागी गोर्खा

कृषि बिज्ञान पढन अब बिद्यार्थीहरुलाई नगर छोडनु पर्ने बाध्यतालाइ गोखा युनाइटेड पबिलक स्कुलले राहत दिएको छ । एसईई दिएर बसेका बिद्यार्थीका लागी यसै शैक्षिक सत्र देखि गोर्खाले कृषि बिज्ञान बिषयको पठनपाठन शुरु गर्ने भएको छ । निश्चित कोटामा मात्र अध्यापन गराइने यस बिद्यालयमा पढन भने निकै प्रतिस्पर्धा गर्नुपर्ने अबस्था छ तर पनि नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा तोकिए बमोजिम छात्रबृत्तिमा भने गरीब जेहेन्दार बिद्यार्थीलाइ पढन अबसर प्रदान गरीने बिद्यालयका लेखा प्रमुख कर्ण बस्नेतले कोहलपुर टाईम्सलाई बताए । बिज्ञान र ब्यबस्थापन बिषयमा अब्बल शिक्षा दिने गोर्खा स्कुल नगरमै नमुना बिद्यालयमा गनिन्छ ।

एस इइ पछि गाउमै ११, १२

५०, ६० को दशक जस्तो अब एसएलसि दिएर कोहलपुर र यस आसपासबाट राजधानि धाउनपर्ने बाध्यता रहेन । एसइइ दिइसकेका बिद्यार्थीहरुले अब आफनै गाउ नजिकैबाट आफुले रोजेको बिषय पढन पाउने भएका छन । यस्का निम्ति प्रभात मा.बि जि गाउले बिज्ञान, शिक्षा र बाणिज्य संकायका बिषय राखेर अध्यण गराईरहेको छ ।

त्यसैगरि नमुना बिद्या सदन कोहलपुर ८ ले म्यानेजमेन्ट अन्तरगत एकाउन्टिङ, बिजनिस स्टडि र कम्प्युटर साइनस , शिक्षा अन्र्तगत चाइल्ड डेभलपमेन्ट एण्ड लर्निङ र एजुकेसन र डेभलपमेन्ट, हेल्थ फिजिकल एजुकेसनका साथै नेपाली अंग्रेजी बिषयहरु अध्यापन गराईरहेको छ ।

त्यसैगरि ब्राइटलाइट एकेडेमि कौशिलानगरले म्यानेजमेन्ट र शिक्षाका बिषयहरुको अध्यापन गराइरहेको छ ।
गाउगाउमा खुलेका सहकारी र लघुबित्त बित्तिय संस्थाहरुमा दक्ष जनशक्ति दिई राष्ट्रलाई आर्थिक संबृद्विमा टेवा पुरयाउने उदेश्यका साथ ब्राइटलाइट एकेडेमी कौशिलानगरले सहकारी ब्यबस्थापनको शिक्षा शुरु गर्न प्रक्रियामा रहेको जनाएको छ । बजारमा जनशक्ति को खांचो छ त्यो खांचो ब्राइटलाइट एकेडेमीले परीपुर्ती गर्नेछ ब्राइटलाइट एकेडेमी का संस्थापक प्रिन्सिपल गोबिन्द चौधरीले बताए ।

यसैगरी बिद्यार्थीका लागी अर्को गन्तब्य बागेश्वरी एकेडेमी पनि हुन सक्ने प्रसस्त संभाबनाहरु रहेका छन । प्लस टु तर्फ बिज्ञान र ब्यबस्थापन संकायमा पढाइ हुने यस एकेडेमीका सञ्चालक नै काहेलपुरका लब्ध प्रतिष्ठित ब्यक्तित्व रहेकै कारण पनि पढाइमा गुणस्तरता हुने कोहलपुरवासिको बिश्वास रहेको छ । बाणिज्य संघ कोहलपुरका पुर्ब अध्यक्ष चिन्तामणि धिताल अध्यक्ष रहेको यस बिद्यालयमा शिक्षा संयोजक यम रावत रहेका छन । यसै शैक्षिक सत्रदेखि यस बिद्यालयमा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टको समेत पढाइ हुने बिद्यालयले जनाएको छ ।

 

Nabintech