१५ चैत्र २०८०, बिहीबार
बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरबाट एकजना पक्राउ

गाभरमा कुखुरा फर्म सञ्चालन गरेर बस्ने रोकायालाई बलत्कार आरोपमा पक्राउ गरिएको हो


  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७९, शुक्रबार १३:१८

कोहलपुर: किशोरीलाई बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकाया छन् ।

बैजनाथ गाउँपालिका–१ गाभरमा कुखुरा फर्म सञ्चालन गरेर बस्ने रोकायालाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायाले कोहलपुर नगरपालिका–११ दशविगाहास्थित इन्द्रेणी होटेल एण्ड लजमा लगेर १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

नले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ । मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।

Nabintech