१४ बैशाख २०८१, शुक्रबार
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग कार्यक्रम अब बांकेमा

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७९, शुक्रबार १४:०६

नेपालगन्ज: बाँकेमा सरसफाइकर्मि स्वास्थ्यकर्मि पेशेवर सरसफाई मजदुर तथा किसानका लागि उनीहरुको ब्यक्तिगत तथा सामुहिक स्वास्थ्य सुरक्षा र बैकल्पिक जिबिकोपार्जनका निम्ति पेशागत तथा वाताबरणिय स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनमा आउने भएको छ । यस कार्यक्रमले फोहरलाई मोहरमा परिबर्तन गर्ने देखि सरसफाईकर्मीहरुलाई उद्यमशिलता उन्मुख बनाउन सहयोग पुग्ने आयोजकहरुको दाबि रहेको छ ।

विश्वका चिकित्सकहरु नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो । बी ग्रुपले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले फोहर व्यवस्थापनको थ्री पी कम प्रयोग, पुनः प्रयोग र प्रशोधित गरेर प्रयोगबारे मोडलबारे सर्वसाधारणलाई जानकारी गराएर फोहरबाट मोहर बनाइने बताए । उनले भने, ‘सकेसम्म फोहर कम उत्पादन गर्ने, फलाम, प्लाष्टिक र कागज बेचेर आम्दानी गर्न सकिन्छ । कुहिने फोहरबाट मल बनाउन सकिन्छ । फोहरको प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिन्छ । यसो गर्न सकेमा फोहर समस्या होइन मोहर आर्जन गर्ने माध्यम बन्न्नसक्छ ।’

कार्यक्रममा विश्वका चिकित्सकहरु नामक अन्तर्राष्ट्रिय संस्थाको नेपालगन्ज कार्यक्रम प्रबन्धक वसन्त थापाले परियोजनाले सफाइकर्मी, स्वास्थ्यकर्मी र तरकारी खेती गर्ने किसानका लागि काम गर्ने बताए । उनले नेपालगन्ज २०, डुडुवा ६ मिरमिनियाँ र खजुरा२ का किसानलाई बिषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न बताए ।

परियोजनाले सरसफाइ सम्बन्धी जनचेतना जगाउन नेपालगन्जमा वृहत कार्यक्रम गर्दैछ । सरसफाइसँग सम्बन्धी जनचेतना जगाउन आगामी २९ साउनमा नेपालगन्जमा बृहत कार्यक्रम हुँदैछ । जस अन्तर्गत प्रभात फेरि, सडक नाटक, स्टल प्रदर्शनी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले पेशागत तथा वातावरणीय स्वास्थ्य कार्यक्रमले नागरिकको फोहर व्यवस्थापनमा सचेतना बढाउन ३०० जना सरोकारलाको सहभागितामा प्रभात फेरि गरिँदैछ ।

नेपालमै बांके बिषादि प्रयोग गर्ने चौथो जिल्ला भएकाले पनि मानब स्वास्थ्यमा निकै असर गर्ने आकलन गरि किसानहरुलाई समेत जैबिक मल र बिषादिका लागि सचेतना जगाउने खालका कार्यक्रम गर्ने योजना सुनाउदै बिश्वका चिकित्सक नामक अन्तराटिय गैर सरकारी संस्थाका बसन्त थापाले ५५० घरधुरिलाई स्वास्थ्य बिमा कार्यक्रममा सहयोग गर्ने समेत बताए । समुदायलाई सामाग्रि प्रदान, तालिम र टेक्निकल तथा फाइनान्सियल सर्पोट गरेर स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई स्वास्थ्य चेतनामा बृद्धि गरि मानव स्वास्थ्य र वातावरणिय स्वास्थ्यमा सुधार ल्याउन पहल यो परियोजनाले गर्ने बि ग्रुप बांकेले बिश्वास गरेको छ ।

Nabintech