१२ बैशाख २०८१, बुधबार
वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला न्युजिल्यान्डलाई

  • टाइम्स संवाददाता

  • २८ श्रावण २०७९, शनिबार ११:१०

काठमाण्डाै: घरेलु टोली वेस्टइन्डिजसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेल अगाडि नै जितेको छ । दोस्रो टी–२० मा वेस्टइन्डिजलाई ९० रनले हराउँदै न्युजिल्यान्डले शृङ्खला २–० ले जितेको हो ।

जितका लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनायो । वेस्टइन्डिजका ओबेद म्याककोय सर्वाधिक २३ रनमा अविजित रहे । न्युजिल्यान्डका मिचेल सान्टनार र माइकल ब्रेसवेलले ३/३ विकेट लिए ।

टिम साउथी र इश सोधीले एक/एक विकेट लिए । त्यसअघि सविना पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ७६ रन बनाए ।

वेस्टइन्डिजका ओबेद म्याकोयले ३ विकेट लिए । रोमारियो शेफर्ड र ओडेन स्मिथले एक/एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो । तेस्रो खेल आइतवार हुनेछ । त्यसपछि यी दुई देशबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ ।

Nabintech