७ बैशाख २०८१, शुक्रबार
गडरिया दम्पतीको हत्या प्रकरण अर्को एक जनाको पनि संलग्नता खुल्यो

नेपालगञ्ज उपमहानगरपालिका १९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन


  • टाइम्स संवाददाता

  • २८ श्रावण २०७९, शनिबार ११:२४

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका – १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको  छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन व्यक्ति हुन् ।२५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो। घटना लगतैदेखि आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताए । प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज – १९ सूर्जे गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो।‘सोनकर र शेष पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो ,’ डिएसपी मल्लले भने, ‘आरोपित भाग्न नपाओस भनेर उनको खोजी जारी राखिएको छ।’

बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ। कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगञ्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ।  प्रहरीका अनुसार हत्यामा प्रयोग भएका ब्यक्तिले घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार बुझेका थिए ।

पाँच लाखमा भाइ–बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ लाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले यसअघि नै कोहलपुर टाईम्सलाई जानकारी दिएका थिए । दाजु भाउजु घरको माथिल्लो तला र भाइ बुहारी तल्लो तलामा बस्दै आएका थिए । घटना घटाइएको समयमा उनका बुवाआमा धार्मिक भ्रमणमा भारतमा थिए । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाबुआमाले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको बाहानामा दाजु विजयकुमारले हत्या योजना बुनेको यसअघि नै बताएका थिए ।

भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन दाजु भाउजु मिलेर भाइ बुहारीको हत्याको योजना बनाएको एसपी अधिकारीले बताएका थिए ।

Nabintech