१३ बैशाख २०८१, बिहीबार
खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा शाही पक्राउ

  • टाइम्स संवाददाता

  • २८ श्रावण २०७९, शनिबार १६:१९

कोहलपुर : कोहलपुरमा खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीका ४५ बर्षीय कृष्णबहादुर शाही पक्राउ परेका हुन्। शाही धर्मेन्द्र बास्तोला निकट नेपाल कम्युनिष्ट पार्टी बहुमतका बाँके जिल्ला संयोजक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले जानकारी दिए ।

शाहीसहित पाँच जनाको समुहले साउन २३ गते दिउँसो कार्यकक्षमै गएर कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्ललाई कालोमोसो दलेर फरार भएका थिए । शाही पक्राउ परेपनि अरु चार जना अझैं फरार रहेको डिएसपी मल्लले जानकारी दिए ।

कालोमोसो पछि जारी गरिएको बिज्ञप्तिमा आर्थिक अनियमितता गरेको, समयमै खानेपानीको निर्वाचन नगरेको जस्ता आरोप लगाइएको भएपनि मागेको चन्दा नदिएको हुँदा उनीहरुले त्यसो गरेको तथ्य खुलेको डिएसपी मल्लले बताए ।

Nabintech