७ बैशाख २०८१, शुक्रबार
दैलेखको गमौडीमा रहेको सहकारीबाट लुटियो दुई लाख पचास हजार

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७९, आईतवार ०८:३०

सुर्खेत-  दैलेखको गमौडीमा रहेको एक सहकारीबाट नगद रुपैयाँ चोरी भएको छ । दुल्लु नगरपालिका- १० गमौडीमा रहेको साना किसान सहकारी संस्था लिमिटेडको घरको पछाडीको ढोका फोडी नगद रकम चोरी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

सहकारीबाट नगद रु. दुई लाख पचास हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले क्षितिज खड्काको घरमा रहेको सहकारीबाट नगद र खड्काको पुस्तक पसलमा रहेको गरगहना र नगद रू. २० हजार समेत चोरी भएको जनाएको छ । चोरीाम संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान गरिरहेको समेत प्रहरीको भनाई छ ।

Nabintech