१५ चैत्र २०८०, बिहीबार
कोहलपुर नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई

२३ करोड ९९ लाख ७३ हजार बेरुजो


  • प्रमोद रिजाल

  • २९ श्रावण २०७९, आईतवार १७:५६

कोहलपुर: कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार नगरकार्यपालिका कोहलपुरको सभा हलमा सम्मन्न भयो । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर जेसिजले सहजिकरण गरेको कार्यक्रममा नगरपालिकाले दिएका सेवा सुविधा बारेमा नागरिकका तर्फबाट सिए उपाध्याय, डिल्लिराज पोख्रेल, अर्जुनजंग शाह, भोलानाथ शर्मा, कृतनराज बिष्ट, निर्मल आचार्य, रबि रोकाय, प्रदिप आचार्य, चेतकान्त भट्टराई, कपिल अञ्जान , प्रमोद रिजाल लगाएत दर्जन बढिले आयोजक समक्ष प्रश्न तथा सुझाब प्रस्तुत गरेका थिए ।

फोरमबाट उठेका प्रश्नको जवाफ नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र नगर कायपालिका सदस्य भिम पौडेलले दिएका थिए ।उठेका प्रश्नमाथि जवाफ दिंदै नगर प्रमुख आचार्यले गरेका कामहरुलाई सिकाईको रुपमा ग्रहन गरि आउदा दिनहरुमा गल्ति कमजोरी दोहरीन नदिने प्रतिबद्धता ब्यक्त गरे । उन्ले नगरपालिकाले दिने सेवा सुबिधालाई आफुले चुस्त दुरुस्त, प्रभाबकारी , पारदर्शि र शुन्य प्रश्नमा झर्ने गरि आफुले कार्य गरिरहेको बताए ।

उपप्रमुख संगिता सुबेदीले नगरका १५ वटै वडामा आफना सेवा र सुबिधाहरु समान रुपले प्रभाबकारी रुपले सञ्चालन भएको बताउदै आम नागरिकले उठाएका प्रश्नहरुमा नगरपालिकाले निशर्त सकारात्मक कार्यान्वयन गर्ने कुरामा जोड दिईन ।

२३ करोड ९९ लाख ७३ हजार बेरुजो भएको फेरीहिस्त सुनाउदै प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सबै बेरुजो भ्रष्टाचार नभएको र सबै भ्रष्टाचार बेरुजो हुने गरेको बताउदै काम सम्पन्न् गरेको तर कागजि डकुमेन्ट अपडेट नहुदा बेरुजो देखिएको प्रति आफु चिन्तित रहेकाले १५ प्रतिशत जति बेरुजो असुल उपर गर्नुपर्ने रहेकाले सो असुल उपर गर्नतिर आफनो प्रशासन लागि परेको बताए ।

विकास निर्माण , बाटो घाटो, निति, कमचारीगत समस्या लगाएत बिषयमा नागरिकहरुले प्रशन उठाएको कार्यक्रमको सञ्चालन जेसिजकि कल्पना कार्किले गरेकी थिईन भने कार्यक्रमलाई नगरको फेसबुक पेज तथा रेडियो कोहलपुर एफएमले प्रत्यक्ष प्रशारण गरेका थिए ।

Nabintech