१५ चैत्र २०८०, बिहीबार
एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७९, मंगलवार ०८:१६

जनकपुरधाम: सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका.१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।  साहका अनुसार एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको छ ।

गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Nabintech